९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कोभिडका कारण बन्द हाटबजार खुला

खोटाङमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ। कोभिडको तेस्रो लहर सुरु भएपछि गत ६ माघदेखि बन्द गरिएका हाटबजारलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को ६ फागुनमा बसेको बैठकले खुला गर्ने निर्णय गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले कोभिडको संक्रमणको घट्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्ने तथा एकै स्थानमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी हाललाई हाटबजार खुला गर्ने खुला गर्ने निर्णय गरेको हो।

कोभिडको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै डिसिएमसीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका विभिन्न स्थानमा साप्ताहिक तथा पाक्षिक रूपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको थियो। जिल्लाका दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङ बजार, चिसापानी लगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ। हाटबजार बन्द हुँदा कृषि उपज लगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा पर्ने गरेका छन्।

जिल्लामा कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको छ। कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने बेला अधिकांश क्षेत्रमा हेलचेक्रयाइँ बढ्दो छ ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App