७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

जुत्ताचप्पल कारखानामा आगलागी

मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ।

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो। झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ५ बजेतिर आगलागी पूर्णरूपमा निभाइएको भएको उनले जानकारी दिए। मेचीनगर नगरपालिकाका दुईवटै दमकल बिग्रिएको हुँदा जिल्लाबाहिर र भारतबाट दमकल मगाइएको थियो।

काँकडभिट्टाको उत्तरी भागमा आवास क्षेत्रमा कारखाना रहेको छ। आगलागीमा जुत्ता, चप्पल, कच्चा पदार्थ, केमिकल र कारखानाको भौतिक सम्पत्ति समेत गरेर आठ करोडको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगी खेतानले बताएका छन्।

प्रकाशित: २० माघ २०७८ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App