१५ चैत्र २०८० बिहीबार
समाज

कोतगढीमा मनपरी काम हुँदा पुरातत्व विभागले काम रोक्यो

दैलेख सदरमुकाममा रहेको कोतगढीको भित्रि भागमा मनपरी उत्खनन। तस्बिरः गोविन्द/नागरिक

दैलेख सदरमुकाममा रहेको कोतगढी मर्मतसम्भारमा नारायण नगरपालिकाले मनपरि तरिकाले बनाउन थालेको भन्दै पुरातत्व विभाग तत्काल काम रोक्न निर्देशन दिएको छ। नारायण नगरपालिकाले गरेको डिपिआर नै एतिहासिक मेटाउने भएको भन्दै विभागले कुनै पनि काम नगर्न निर्देशन दिएको हो।

विभागका उपनिर्देशक रामबहादुर कुँवरको नेतृत्वमा ईन्जिनियरसहितको टोली कोतगढीमा भईरहेको मर्मतसम्भारको अध्यायन अनुसन्धान गर्न पुगेका थिए। नारायण नगरपालिकाले एकतर्फी रुपमा विभागसंग समन्वय नगरेर डिपिआर बनाएर मर्मत संम्भारका कामहरु गरेको थियो। जसका कारण एतिहासिक कोतगढीको स्वरुप विगारेको निचोड विभागले निकालेको छ।

नारायण नगरपालिकासंग समन्वयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारले गत वर्ष पर्खाल निर्माणका लागि ४२ लाख रकम खर्चेको छ। मन्त्रालयले यो आर्थिक वर्षमा २० लाख रकम उपलब्ध गराएको छ। त्यस्तै पर्खाल निर्माणका लागि नारायण नगरपालिकाले गत वर्ष १० लाख र यो आर्थिक वर्षमा १० लाख गरि जम्मा २० लाख रूपैयाँ खर्चेको छ।

संरचना नै बिगारेर नयाँ बनाईएको बाहिरी गेटभित्रको पर्खाल।

त्यस्तै यूएनडिपीको आर्थिक सहयोगमा स्थानीय सेवक संस्थामार्फत २३ लाख ३२ हजार १ सय १० रुपैयाँ गेट, कोतगढी भित्रि भाग मर्मतसंम्भार लगायतका कामहरु भैरहेको थियो। उपभोक्ता समिति बनाएर दोहोरो रकम खर्चेपछि स्थानीयहरुले अनियमितता भएको आंशका समेत गरेका छन्। ‘जनप्रतिनिधिहरुकै आसेपासेहरु समितिमा छन्।’ नाम नछाप्ने शर्तमा एक स्थानीयले भने, 'काम राम्रो भएन भन्दा सुनुवाई हुँदैन। कसैसंग सल्लाह समेत लिइँदैन्।’

बाहिरी पर्खाल, भित्रि भागमा गार्डेन लगायतका काम निर्माणमा सिमेन्ट प्रयोग गरेर अत्याधुनिक तरिकाबाट बनाईएको छ। कोतगढीभित्रै सवारी साधनहरु प्रवेश गराई पुरातत्व महत्व बोकेको ढुंगाहरु फुटेका छन्। पुरानो डिजाईन नभएर नयाँ डिजाईनले गेटभित्र वालहरु बनाईएको छ। पुरातत्व विभागको अनुमतिविनै आफूखुसी डिपिआर बनाएर कोतगढीको स्वरुप विर्गार्ने गरि निर्माण कार्य भईरहेको स्थानीय अगुवा विशाल संदाशंकरले बताए।

पुरातत्व हिसावले डिपिआर नभएको, कोतगढी भित्र र बाहिरको सम्पूर्ण काम आधुनिक तरिकाबाट बनाएका कारण एतिहासिकता हराउने काम भईरहको पुरातत्व विभागका ईन्जिनियर केदार भण्डारीले बताए। ‘कोतगढीमा विभागबाट साईट भिजिट भयो। कोतगढीमा विभागसंग समन्वय नगरेर आफूखुसी काम भईरहेको रैछ।’

विभागका ईन्जिनियर केदार भण्डारीले भने, 'तत्काल सम्पूर्ण काम रोक्न भनेका छौं। विभागले तत्काल कोतगढीको बारेमा प्रतिवेदन तयार गर्दैछ।’ भित्रि गेट भत्किन लागेकोले विभागले स्टेमेन्ट र डिजाईन गरिरहेको उनले बताए। स्थानीयहरुले कोतगढीको सौन्दर्य विर्गार्ने गरि काम भईरहेको उजुरी आएपछि विभागले अनुगमन गरेको हो।

कोतगढी एतिहासिक किल्लाका रुपमा रहेको छ। यो अहिले पनि नेपाली सेनाको मातहतमा रहेको किल्ला हो। यसबारे सेनाले कुनै साचो दिएको छैन।

प्रकाशित: १३ पुस २०७८ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App