१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कैदी भगाउन प्रत्यक्ष संलग्न थप तीनजना पक्राउ

घोराही स्थित कारागारबाट कैदी भगाउन प्रत्यक्ष संलग्न रहेका थप ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि उनलाई अस्पताल लैजान भन्दै मोटरसाइकलमा लगेका प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यि प्रहरीलाई प्रहरीले म्याद थप गर्दैछ।

यि प्रहरी बाहेक उनलाई भगाउनका लागि प्रत्यक्ष संलग्न देखिएका थप तीनजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, एसपी सुरेश प्रससाद काफ्लेले जानकारी दिए। उनका अनुसार यी तीन जना ति कैदी भगाउनका लागि प्रत्यक्ष रुपमा संलग्न भएकाहरु हुन्। यी तीनजनाका बारेमा केही नबताएको प्रहरीले उनीहरु सर्वसाधारण नागरिक रहेको जनाएको छ।

यी तीनै जनामाथिको थप अनुसन्धानले ति कैदी भागेको घटनाको एकिन तथ्य पत्ता लाग्ने एसपी काफ्लेले बताए। ‘हामीहरुले एकजना प्रहरी बाहेक कैदीलाई भगाउन प्रत्यक्ष संलग्न भएका थप तीनजनालाई नियन्त्रणमा लिएका छौँ,’ एसपी काफ्लेले भने, ‘यी तीनजना बाट अब हामीहरुले घटनाको एकिन तथ्य पत्ता लगाउँछौँ।’ काफ्लेका अनुसार घटना विवरणसहित ति कैदी कहाँ छन् भन्ने पनि यी तीनजनाबाट थाहा हुने छ।

प्रकाशित: ९ पुस २०७८ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App