५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज नारायणहिटीस्थित श्री उपत्यका कमाण्ड हे.क्वा. तथा बालाजुस्थित श्री नं.१ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका छन्।

भ्रमणको दौरान उनले कमाण्ड हे.क्वा. तथा बाहिनी अड्‍डाको वस्तुस्थिति प्रतिवेदन, अन्तर्गत फौजको तैनाथीको वर्तमान अवस्था तथा संचालन भइरहेको सामूहिक तालिम लगायतका विषयहरुमा जानकारी हासिल गर्दै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका छन्।

साथै, भ्रमणको दौरान प्रधान सेनापति महारथी शर्माले कमाण्ड हे.क्वा. तथा बाहिनी अड्‍डालाई विविध विषयहरुमा निर्देशन समेत दिएका थिए।

प्रकाशित: ८ पुस २०७८ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App