९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा बन्ने भयो आदर निकेतन

भक्तपुरमा जेष्ठ नागरिकहरुका लागि आदर निकेतनको भवन बन्ने भएको छ। भक्तपुर नगरपालिका वडा नं. ६ अँचा पोखरी परिसरमा शुक्रबार आदर निकेतन भवनको शिलान्यास गरिएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन्। ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेवा सुविधा दिनका लागि भक्तपुर नगरपालिकाले अँचापोखरी परिसरको उत्तर–पश्चिम क्षेत्रमा आदर निकेतन बनाउन लागिएको हो।

कार्यक्रममा नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रमै ज्येष्ठ तथा समाजका आदरणीय व्यक्तिहरुको सुविधाको लागि आदर निकेतन खोल्ने विषय उल्लेख गरेकोमा हाल नगरबासी जनतालाई पायक पर्ने ठाउँको छनोट गरी आदर निकेतनको भवन निर्माणमा जोड दिएको बताए।

भक्तपुर नपाले गरिब जनताको पहुँच पुग्ने आदर निकेतन सञ्चालन गर्न लागेको उनको भनाइ थियो। उनले नगरबासी जनतालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखी ख्वप अस्पताल सञ्चालनमा ल्याएको अवगत गराए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षित युवा पुस्ताले नै समाजलाई सभ्य र सुसंस्कृत बनाउने बताइन्। भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष डा.हरिराम सुवालले आदर निकेतनको आवश्यकता र महत्वमाथि चर्चा गरे। आदर निकेतन भवन निर्माणसँगै उक्त क्षेत्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको उनले सुनाए।

आदर निकेतन भवन निर्माणका लागि जगन्नाथ सुजखूको अध्यक्षतामा  उपभोक्ता समिति गठन गरिएको जनाइएको छ। 

प्रकाशित: २४ मंसिर २०७८ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App