९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

ज्यापु समुदायद्वारा प्रधानमन्त्री देउवालाई चामल, चाँदीको सिक्का र सिंगो सुपारी

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको बताएका छन्।

१८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उनले सो कुरा बताएका हुन्। निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

यही आउँदो पुष ४ गतेका दिन बसन्तपुरमा भव्यताका साथ मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरुप बाजागाजासहित माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंले परम्परागतरुपमा निमन्त्रणा दिएका थिए।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय शितलनिवास पुगेका थिए।  

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्याकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो।

यसै क्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आइरहेको यःमरिपुन्हि/ज्यापुदिवसको पर्व विदा विगत दुईवर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नको प्रधानमन्त्रीको समक्ष अुनरोध गरेका थिए।

प्रकाशित: १२ मंसिर २०७८ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App