१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

दाउरा प्रहार गरी आमाको हत्या

पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्। पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीया मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको उनले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०७८ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App