१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

निलो प्रकाशमा सजियो रानीपोखरी र धरहरा

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा रानीपोखरी र धरहरालाई निलो प्रकाशमा सजिएको छ। प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइने अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा रानीपोखरी र धरहरालाई निलो प्रकाशले प्रज्ज्वलित बनाइएको हो।

संयुक्त राष्ट्रसंघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धि पारित भएको दिनको स्मरण गर्दै नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस बनाउने गरिन्छ।

यस वर्ष युनिसेफ, नेपाल सरकार, विकासका विभिन्न साझेदार संस्थाहरू, नागरिक समाज, सञ्चारकर्मी र अन्य सरोकारवाला निकायहरूलाई कोभिड महामारी पश्चातको समयलाई दृष्टिगत गर्दै सम्पूर्ण बालबालिकाको निम्ति असल समाज निर्माणको परिकल्पनामा ऐक्यबद्ध हुन आह्वान गर्दै दिवस मनाएको युनिसेफले जनाएको छ।

यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरूले, नागरिक समाजले, समुदायले र बालबालिका र युवाहरू आफैले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो।

प्रकाशित: ४ मंसिर २०७८ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App