५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

करुवा चोरेको आरोपमा चार पक्राउ

प्रहरी करुवा चोरेको आरोपमा चारलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका वडा नं. १ को सल्लाघारीस्थित दुवाल आर्ट उण्ड ह्याण्न्डिक्राफ्ट उद्योगमा रहेको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको हैदराबाद घरभई हाल काठमाडौँ महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने १८ वर्षे राजु गिरी, बैंकटेस गिरी, भारतको मोतीहारी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३२ बानेश्वर बस्ने ३० वर्षका मुन्ना साह र नारद साहलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७८ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App