५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भुपू सैनिक परिषदमा मविराज

नवगठिन कार्यसमिति पदाधिकारी। तस्बिरः महेश्वर

उदयपुरमा सम्पन्न ‘पूर्वाञ्चल भारतीय सैनिक कल्याणकारी परिषद’को दोस्रो अधिवेशनले मविराज राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। चौदण्डीगढी नगरपालिका ६ बेलटारमा शनिबार सुरु भएर आईतबार सम्पन्न अधिवेशनले ४५ प्रतिशत बढी महिला सहभागितामा कार्यसमिति चयन गरेको हो।

समितिका उपाध्यक्षमा प्रियाकुमारी राई, सचिव नैनकुमार राई, सहसचिव अधिराज राई, कोषाध्यक्ष बालकुमारी राई छानिएका छन्। त्यस्तै सदस्यहरुमा कमल राई (बसाहा), गीता मगर (बेलटार), गोमा राई र एक सदस्य भूगोलका आधारमा बेलटार सिरुवानीबाट छान्नेगरी खाली राखेर ९ सदस्यीय कार्यसमिति गठन भएको छ।

भुपाल खम्बुको अध्यक्षतामा प्रमुख अतिथि अगुवा महिला उर्मिला राईले उद्घाटन गरेको अधिवेशनमा चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राई, दिलकुमारी राईलगायतले सम्बोधन गरेका थिए। उनीहरुले भुपू सैनिकहरु देशको आर्थिक, सामाजिक, सांस्कृतिक र अनुशासनको मेरुदण्ड भएको हुनाले एकताबद्ध भएर प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थाको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: २९ कार्तिक २०७८ ०७:१८ सोमबार

भुपू सैनिक परिषद मविराज राई