१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उद्योगमा लडेर अप्रेटरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको एक उद्योगमा कार्यरत अप्रेटरको उद्योग परिषरमा लडेर मृत्यु भएको छ।

स्वस्तिक आयल उद्योगका अप्रेटर ५२ वर्षीय राजेशकुमार विश्वासको उद्योग परिषरमै लडेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। बुढीगंगा–५ मै घर भएका विश्वास आइतबार (आज) बिहान सवा २ बजेतिर उद्योग परिषरमै लडेर घाइते भएका थिए।

लडेर घाइते भएका विश्वासलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। विश्वासलाई मधुमेह र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उद्योगले दिएको र घटनाका विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७८ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App