६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल संवत्‌को तिथि उल्लेख भएको क्यालेन्डर विमोचन

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाले नेपाल संवत्को तिथि उल्लेख भएको क्यालेन्डर प्रकाशन गरेको छ। नेपाल संवत्बारेको भ्रम हटाउन सहयोग गर्ने उद्देश्यले दबूले क्यालेन्डर प्रकाशन गरेको हो। दबूले प्रकाशन गरेको सो क्यालेन्डर बुधबार विमोचन गरिएको छ।

दबूको ८ औं वार्षिक साधारणसभाका अवसरमा नेपवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यलगायतका पदाधिकारीले सो क्यालेन्डर विमोचन गरेका हुन्।

थिमिको शंखधर पार्टी भेन्यूमा सम्पन्न सो साधारण सभाका अवसरमा अध्यक्ष बज्राचार्यले नेवाः पत्रकारहरु एक भई सार्वजनिक चासोका विषय उत्थान गर्नुपर्नेमा जोड दिए। उनले नेवाः पत्रकारहरुको क्षमता वृद्धिका लागि स्थानीय तहले पनि सहयोग गर्न जरुरी रहेको उल्लेख गरे।  

उनले देशभर २९ जिल्लामा रहेका पत्रकार राष्ट्रिय दबूका शाखाहरूमध्ये भक्तपुरले पहिले अर्थात २०७८ कात्तिक  २४ गते (११४२ कछलाथ्व षष्ठी) बुधबार साधारणसभा सम्पन्न गरेको समेत बताए।

प्रकाशित: २४ कार्तिक २०७८ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App