७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए।रासस

प्रकाशित: २४ कार्तिक २०७८ ०४:३२ बुधबार

दुई जना ट्रक र बस मृत्यु