२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो जानुमा भूकम्प र प्रतिकूल घटना पनि कारक

एक नयाँ अध्ययनले नेपालमा पछिल्लोसमय पहिलो जानुमा भूकम्पलगायतका प्रतिकूल घटनाले प्रभाव पार्ने देखाएको छ।

अध्ययनले नेपालमा गइरहेका पहिरोहरूको परीक्षण गर्दा प्रतिकुल मौसम र भूकम्पलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ। २०७२ मा गएको विनाशकारी भूकम्पले तत्काल नौ हजार जनताको ज्यान लिएको र ३५ लाख जनालाई घरविहीन बनाएकोमा यसले थप हजारौं पहिरो जाने अवस्था सिर्जना गरेको अध्ययनमा उल्लेख गरिएको छ। यसले गर्दा समुदाय र पूर्वाधारमा थप क्षति पुर्‍याएको अध्ययनमा उल्लेख गरिएको छ।

भूकम्पपछि उच्च पहाडी क्षेत्रमा मनसुनका बेला सामान्य वर्षमा अवस्थामा भन्दा बढी पहिरो जाने गरेको पाइएको छ। प्लाइमाउथ विश्वविद्यालय र इस्ट एन्जलिका विश्वविद्यालय बेलायतका वैज्ञानिकहरूले गरेको अध्ययनमा पछिल्लो ३० वर्षमा मनसुनी पहिरोका तथ्यांकहरूको विश्लेषण गरिएको थियो। 

तथ्यांकको विश्लेषण गर्दा ३० वर्षको अवधिमा विशेष गरी सन् १९९२ र २००२ को आँधी, २०१५ को भूकम्प तथा २०१७ को बाढी जस्ता प्रतिकूल अवस्थामा पहिरोको प्रकोप बढी देखिएको थियो। साथै अध्ययनमा प्रतिकूल घटनाका बेला कतिबेला पहिरो जान्छ भनेर पूर्वानुमान पनि गर्न नसकिने उल्लेख गरिएको छ। उक्त अध्ययन जर्नल अफ जियोफिजिकल रिसर्च अर्थ सर्फेसमा प्रकाशित भएको थियो।

प्रकाशित: २३ कार्तिक २०७८ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App