१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदी मृत भेटिएका छन्।

बिहीबार बिहान काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन्। 

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए। शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन।

उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App