४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हिले दसैंको सम्भावना

मौसमविद्हरूले यस वर्ष दसैंमा पनि देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएका छन्। तर भारी वर्षाको सम्भावना त्यति नभएको मौसमविद्हरूको भनाइ छ।  

सामान्यता बर्खायाम अन्त्य हुने दिन अक्टुवर २ तारिख हो। तर यस वर्ष मनसुनले अक्टबुर २ नाघिसकेको छ। अझै एक हप्तादेखि १० दिनसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको वरिष्ठ मौसमवीद प्रतिभा माननन्धरले बताइन। ‘त्यसैले यस वर्ष दशैंमा पनि हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना कामय छ,’ उनले भनिन्, ‘मनसुन अन्त्य हुने क्रम भारतमा पनि देखिँदैन ।’  

मौसमविद्का अनुसार अझै हप्तादेखि १० दिनसम्म बिहान घाम लाग्ने, दिउँसोतिर बदली हुने र साँझ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।  

मौसमविद्हरूको अनुसार यस वर्ष वर्षे याममा औसत वर्षाभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर आशिंकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएका छन् ।

प्रकाशित: १९ आश्विन २०७८ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App