५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा

नेपाल र भारतबीच भूकम्पपछिको पुनर्निर्माण परियोजनाबारे संयुक्त बैठक भएको छ। संयुक्त परियोजना अनुगमन समिति(जेपीएमसी) को बैठकमा भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा गरिएको थियो।

बैठकले भारत सरकारको सहयोगमा नेपालमा आवास, शिक्षा, स्वास्थ्य र सांस्कृति सम्पदाको क्षेत्रमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिबारे जानकारी दिइएको थियो।

भारतीय विदेश मन्त्रालय(उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सहअध्यक्षतामा सम्पन्न सो बैठकमा आवास क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा सफलतापूर्वक ५० हजार निजी घरको पुनर्निर्माण भएकामा दुबै पक्षले सन्तुष्टि जनाएका थिए। दुबै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए।

प्रकाशित: १४ आश्विन २०७८ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App