शास्त्रअनुसार ‘षोडस मातृका श्राद्ध’ र लोकाचारमा ‘खर जिउतीया’ भनिने पर्व मंगलवार सुरु भएको छ। मसेशी र थारु थारु समुदायमा हिन्दु कर्मकाण्ड पद्दती अनुसार यसलाई अनुष्ठानको रुपमा मनाउने गरिएको छ। सन्तानको दीर्घजीवन, सुख, समृद्धि र रक्षाको कामना साथ परलोक भइसकेका मातृहरुलाई स्मरण गर्दै जिउतीया मनाउने गरिएको छ। जानकारहरुका अनुसार स्वर्ग सिधारेका मातृहरुको आत्माको शान्ति र सम्मानमा महिलाहरुद्वारा मनाइने एउटा कठिन उपासना सहितको पर्व हो ‘जिउतिया’।
सप्तमीतिथीमा ‘नाहाखाएके’ बिधि गरी मंगलदेखी सुरु भएको छ ‘जिउतिया’। कुलभित्र परलोक भएका मातृ (महिला)पुर्वजहरुको सम्झनामा लोक बिधीद्वारा मनाउने जिउतीयालाई ‘जीवितपुत्रिकाब्रत’पनि भनिन्छ।हिन्दु पद्दतीमा पितृपक्षमा सोह्र श्राद्ध चलिरेहको बेला मधेशी र थारु महिलाले बिशेष बिधीसाँथ यो पर्व हरेक बर्ष आश्विन महिनाको शुक्लपक्षको सप्तमीमा सुरु गरी अष्टमी तिथिका दिन निर्जला उपवास बस्छन्। ब्रतालुले यस पर्वमा पहिलो दिन जलाशयमा स्नान गरी झिगंनी (तरोइ) को पातमा पिना र तेल चढाई भगवान् सूर्यलाई अर्घ अर्पण गरेर व्रतको सङ्कल्प लिन्छन्।ब्रतालुले ब्रतारम्भकालागि नुहाउने बेला मातृहरुलाई तेल चढाउने गर्छन, जसमध्ये थोरै बाकी राखिआफ्ना नानीबाबुलाई लगाइदिने चलन छ।
यस बिधीसाथ मंगलवार बर्तालुले ब्रत सुरु गरेका छन्। लोक संस्कृतिका जानकार उमाशंकर द्विवेदीकाअनुसार शाखा सन्तानलाई पूर्वज मातृहरुको आशिष पार्ने आकाक्षायसमानिहित हुन्छ। पितृपक्षमा पुरुषद्वारा स्रोह श्राद्धमा पितृ तर्पणका बिधीपालना गरिराखेको समयमा सप्तमी र अष्टमीका दिन महिलाहरुले मातृहरुलाई सम्झिदै यो ब्रत गर्ने गरेको द्विवेदीले बताए। उनकाअनुसार लोकबोलीमा ‘जिउतीया’ भनिने यस ब्रतलाई शास्त्रीय मान्यतामा ‘षोडस मातृका श्राद्ध’ भनिन्छ। जिउतीया गर्ने महिलाले सन्तानको आकाल मृत्यु उपर बिजयी पाउने लोक बिश्वास छ। उपवास बसेको दिन व्रती महिलाले मुखले ‘खर’ (सिन्को) समेत नटोक्ने भएकोले यसलाई ‘खर जिउतिया’ पनि भनिने गरिएको उनले बताए। जिउतीयालाई मधेशी र थारु समुदायमा धेरै पवित्र व्रतका रूपमा लिइने थारु अगुवा उदयदास थारु बताउछन्।
मंगलवार ब्रत थालेका ब्रतालु बुधवार दिनभरी निर्जला उपवासमा बस्ने छन्। सप्तमी तिथिमा रातको अन्तिम पहरमा अष्टमीको सुर्योदय अगाडी झिसमिसेमैं स्नान गरी महिलाहरुले पुजाआजा गर्ने चलन छ। बुधबार बिहान उपवास सुरु गर्ने बेला व्रतालुले सुर्योदय अगावै दहि, चिउरा पुरी र सख्खर आदी चोखो परिकार चढाई पुजाआजागरी प्रसाद खाएपछि व्रत बस्छन्। यस बेलाको चढाइएको सामग्रीलाई ‘सरगही’ भनिन्छ। त्यस प्रसादलाई पनि शाखा सन्तानलाई समेत खुवाउने चलन छ। ‘सरगही’ खाएर ‘दिर्घजीवी भइन्छ’ भन्ने मान्यता छ। गाउँघरमा सप्तमीको रातको अन्तिम पहरमा ‘सरगही’ भनिने प्रसाद खाएपछि बालबालिकाहरु झिसमिसेमैं घरबाहिर निस्किएर सामुहिक रुपमा रमाउने गरेका छन्। नवमी तिथीमा ब्रतालुले ब्रत उद्यापन पछि मात्र अन्न जल खाने छन्।
प्रकाशित: १२ आश्विन २०७८ १३:४९ मंगलबार