८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चाँदीसहित दुई जना भारतीय पक्राउ

सिरहाको सीमावर्ती क्षेत्रबाट चाँदीसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

सिरहाको भगवानपुर गाउँपालिका– ४ ठाढी चोकबाट पाँच किलो चाँदीसहित प्रहरीले भारतको मधुवनी जिल्ला खुटौना पञ्चायतका ३५ वर्षीय रवि महतो र ४० वर्षीय पिन्टु महतोलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको  ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुभाष बुढाथोकीका अनुसार पक्राउ परेका दुबैजनाले कम्मरमा बाँधेर भारततर्फ लैजादै गरेको करिब ५ किलो चाँदी बरामद गरिएको छ। 

बरामद चाँदीको बजार मूल्य पाँच लाख अनुमान गरिएको छ। पक्राउ परेका दुबै जना लहानबाट चाँदी लिएर भारततर्फ जाँदै गरेको प्रहरी स्रोतले बतायो।

प्रकाशित: ३१ भाद्र २०७८ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App