१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बैतडीमा २९ हजार बढीले गरे कोरोना परीक्षण

बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ। जिल्लाभरी पिसिआर र एन्टिजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कोरोना संक्रमण फैलिएयता परीक्षण गरिएका मध्ये २ हजार ७ सय १५ जनामा कोरोना पुष्टि भएको छ।

पिसिआर विधिबाट १४ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गरिएको र ती मध्ये २ हजार २ सय ९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका स्राेत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए। यस्तै एन्टिजेन विधिबाट १४ हजार २ सय ६२ जनाको कोरोना परीक्षण गरिएकोमा ४ सय २२ जनामा कोरोना पुष्टि भएको उनले बताए।

कोरोना पुष्टि भएका मध्ये १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन्। चाडपर्वको समय नजिक आएकाले यो बेला भिडभाड नगर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७८ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App