२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अफगानिस्तानबाट ११८ जना नेपाली काठमाडौं आइपुगे

तस्बिर साैजन्य नेपालस्थित अमेरिकन दूतावासकाे ट्विटरबाट

अफगानिस्तानको काबुलबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। १ सय १८ नेपाली र ९ भारतीयसहित १२७ जना नेपाल आइपुगेका हुन्।

उनीहरु जजिरा एयरको विमानमार्फत् कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेकाे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। 

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो। दोहाबाट कुबेत हुँदै उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याइएको हो। 

अफगानिस्तानको विद्धोहि समूह तालिबानले सत्ता कब्जा गनैलाग्दा त्यहा रहेका प्रवासी स्वदेश फर्कि रहेका छन्।

(यसअघि त्रिभुवन विमानस्थल स्रोतले उद्धार गरेका सबै नेपाली भएको बताएकोले १२७ राखिएको थियो पछि परराष्ट्र मन्त्रालयले ११८ नेपालीसहित ९ जना भारतीय रहेको जनाएपछि सच्याइएको छ।)

प्रकाशित: १ भाद्र २०७८ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App