११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ७ सय ६९ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ५ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९३ र १ हजार ७ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ३६, सुनसरीमा १ सय ८, मोरङमा १ सय ४, धनकुटामा १२, इलाममा ११, तेर्‍हथुममा ५, संखुवासभा र भोजपुरमा ४–४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा २९, विर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४–४, बुद्धशान्तिमा ३, हल्दिबारी, बार्‍हदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।  

सुनसरीको इटहरीमा ५५, धरानमा ४१, इनरुवा, रामधुनी र बराहक्षेत्रमा ३–३, दुहवी, गढी र बर्जुमा १–१ जनामा संक्रमण देखिएको छ ।  मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३–१३, बुढीगंगा र मिक्लाजुङमा ४–४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २–२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । धनकुटाको धनकुटा नगरपालिकामा १० र पाख्रिवासमा २, इलामको इलाम नगरपालिकामा ५, चुलाचुली, सुर्योदय र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको छ ।  

 ते¥हथुमको म्याङलुङमा ४ र फेदापमा १, संखुवासभाकोे खाँदबारी र धर्मदेवीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्के मयुङमा १ जनामा संक्रमण देखिएको छ ।  उदयपुरको त्रियुगामा २ र स्थानीय तह नखुलेका १, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा शुक्रबार  ६ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय महिला र ३ सय ७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालउले जनाएको  छ ।

प्रकाशित: २९ श्रावण २०७८ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App