१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

विपद् ब्यवस्थापन टिमको उत्तरी गोरखामा ‘रेकीभिजिट’

खाद्यान्न लिएर जाँदै गरेको हेलिकप्टर । तस्बिरः नागरिक

राष्ट्रिय विपद् न्यूनिकरण तथा वयवस्थापन प्राधिकरणको टोली ‘रेकी भिजिट’ (स्थलगत अध्ययन) गर्न बुधवार उत्तरी गोरखा पुगेको छ । १२ क्वीन्टल खाद्यान्न लिएर नेपाली सेनाको हेलिकप्टरमा उत्तरी गोरखा पुगेको प्राविधिक सहितको टोलीले पैदलमार्ग, पुल, पहिरोले क्षति पु¥याएको बस्तीको अवलोकन गरेको टोलीमा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पण्डेले बताए ।  

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल पोखरेल, कांग्रेस केन्द्रीय सदस्य पाण्डे, चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, एसपी शेखर खनाल लगायत इन्जिनियरको टिममा टोली सहभागी थिए ।  

खाद्य तथा ब्यापार कम्पनी लिमिटेडबाट १२ क्वीन्टल चामल फिलिमस्थित डिपोमा लगेर छाडिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । ‘खाद्यान्न पु¥याउन गएका बेला स्थलगत रुपमा अध्ययन गर्न प्राविधिक टोलीसहित हामी गएका हौ,’ उनले भने । तत्काल उत्तरी गोरखा जाने पैदलमार्ग सुचारु गराउने, खच्चड हिड्ने बाटो तयार गर्ने, पुल निर्माण गर्ने, पहिरोले बिस्थापित घर पुनस्र्थापना गर्न प्राधिरणले प्राविधिक सहयोग गर्ने सिईओ पोखरेलले बताए ।  

‘छरिएर रहेको घरलाई एकीकृत बस्तीको रुपमा विकास गर्न आवश्यक देखियो,’ सिईओ पोखरेलले भने, ‘गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले सिंगो गाउँपालिकामा यातायात सम्पर्क बिच्छेद भएको, खाद्यान्न हाहाकार भएको बारे पटक–पटक जानकारी गराउनुभएको थियो, त्यसैले पनि हामी आएका हौं ।’ सदरमुकामसँग सम्पर्क बिच्छेद भएको चुमनुब्री गाउँपालिका जाने पैदल बाटो, पहिरोले बगाएको पुल निर्माण गरिदिन, खाद्यान्न, औषधी ढुवानीका लागि गाउँपालिका अध्यक्ष गुरुङले गृहमन्त्रालयमा पटक–पटक गुनासो गरेका थिए । 

प्रकाशित: २७ श्रावण २०७८ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App