११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २ हजार १ सय ३१ जनाको पिसिआर परीक्षणबाट ४ सय ८३ र १ हजार ३ सय ५५ जनाको एन्टिजेन परीक्षणबाट ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापामा १ सय ८७, मोरङमा १ सय ४७, सुनसरीमा १ सय ३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।

झापाको दमकमा ३८, विर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हल्दिबारी र गौरादहमा ३–३, कचनकवल र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैँचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २–२, रंगेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगञ्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीवासमा ४, छथरमा ३, चौबिसेमा २, सहिदभूमिमा १, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र माईमा २–२, रोङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, संखुवासभाको धर्मदेवी र पाचखपनमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App