१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौँ हाइटले ओखलढुङ्गास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नका लागि लायन्स क्लबले उक्त स्वास्थ्य सामग्रीहरु गाउँपालिकालाई प्रदान गरेको हो।  

लायन्स क्लब अफ काठमाडौँ हाइटका प्रेसिडेन्ट लायन अनमिका अर्याल तथा लायन्स क्लब अफ पोकली वाटरफलकी प्रेसिडेन्ट लायन वर्षा राउतले लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।  

यसैबीच लायन्स क्लब अफ बर्दियाका प्रेसिडेन्ट लायन विनय रावलले १० हजार सर्जिकल मास्क हस्तान्तरण गरे। लिखु ओखलढुङ्गा कोभिड नियन्त्रण सहयोग समितिका संयोजक  बोगटीलाई उक्त मास्क हस्तान्तरण गरिएको हो। समितिका संयोजक बोगटीले स्वास्थ्य सामग्रीले कोरोना नियन्त्रण गर्न सकिने बताए। 

प्रकाशित: ५ असार २०७८ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App