६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चार दिनपछि सातजनाको उद्धार

जाजरकोटस्थित जलजला पाटनबाट सम्पर्कविहीन भएका सातजनाको चार दिनपछि उद्धार गरिएको छ। जुम्ला ताम्पी गाउँपालिका ६ ज्युली पाटनको ओढारबाट उनीहरुलाई शुक्रबार बिहान उद्धार गरिएको हो।

कुसे गाउँपालिका–८, अलौजाका उनीहरु जलजला पाटनमा भेरीगोठाला गएका थिए। एक्कासी हावाहुरीसँगै भारी बर्षा भएपछि उनीहरु चार दिनदेखि सम्पर्कविहीन भएका थिए। ‘जलजला पाटनमा ११ जना भेरीगोठाला गएका थिए,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले भने, ‘चारजना सम्पर्कमा आए। अरु पानीका कारण घर फर्किन सकेनन्।’

सम्पर्कमा आएकाले सातजना सम्पर्कविहीन भएका सूचना दिएपछि प्रहरी र स्थानीय उद्धारका लागि जलजला पाटन पुगेका थिए। शुक्रबार बिहान ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय भिमबहादुर खड्का, १७ वर्षीया तुलसरा खड्का र सोही गाउँपालिका वडा नम्बर ९ चैनका ४० वर्षीय कृष्ण रोकायाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए। उनीहरुको उद्दारका लागि प्रहरी र स्थानीय तीन दिन लगाएर पाटन पुगेका थिए।

जलजला पाटनमा असुरक्षित भएपछि उक्त पाटनसँग सीमा जोडिएको जुम्लास्थित ज्युला पाटन पुगेका थिए। प्रहरीले उनीहरुलाई ज्युला पाटनबाट उद्धार गरेको छ। उनीहरु पाटनमा भेरीगोठ गएका थिए। अहिले चार दिनसम्म खानसमेत नपाएको उनीहरुको बिरामीजस्ता देखिएका छन्।

उद्धार गरिएकाहरु स्वास्थ्यमा धेरै समस्या नभएको प्रहरीले जनाएको छ। हावाहुरीसँगै लगातार पानी परेपछि प्रहरी र स्थानीयलाई उद्धार गर्न समस्या भएको थियो। सम्पर्कविहीन भएका व्यक्तिहरुको उद्धार भए पनि उनीहरुका सबै चौपायाहरुको मृत्यु भएको छ।

प्रकाशित: ४ असार २०७८ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App