१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामि शुक्रबार संसदमा विश्वासको मत लिने भएका छन् । बिपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।

विश्वासको मत लिएपछि मात्रै मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गर्ने भएका छन् । पाँचसदस्यीय मन्त्री परिषद गठन गरेका उनले अहिलेसम्म कसैको पनि कार्यविभाजन गरेका छैनन् । मन्त्रीहरुको कार्यविभाजन गर्दा विवाद हुने र त्यसको असर विश्वासको मत लिदा पर्नसक्ने भएकाले मुख्यमन्त्री पोखरेल पहिले विश्वासको मत लिने पक्षमा रहेको बुझिएको छ ।

प्रकाशित: २ असार २०७८ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App