सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सिद्धि मेडिकोका संचालकलाई केहि बेर अघि अज्ञात समूहले गोली प्रहार गरेको छ । ४५ वर्षीय रामसागर साफीको वायाँ तिघ्रा र दायाँ पाखुरामा गोली लागेको सिरहा प्रहरी प्रमुख हिराबहादुर पाण्डेले जानकारी दिए । मिर्चैयास्थित अस्पतालबाट उनलाई थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ ।
बत्ती गएको मौका छोपी पैदलै आएको समूहले औषधि पसलमा बसिरहेका साफीमाथि गोली प्रहार गरी फरार भएका छन् । गोली प्रहार गर्ने समूहको खोजीमा एसपी पाण्डे नेतृत्वको टोली खटिएको छ । घाइतेको अवस्था खतरामुतm छ एसपी पाण्डेले भने,‘ अपराधीको खोजीमा चौतर्फी प्रहरी परिचालन गरिएको छ ।’
प्रकाशित: २२ जेष्ठ २०७८ १५:५६ शनिबार