४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाका कारण दोलखाका पत्रकारको निधन

दोलखाका पत्रकार रविन्द्र गौतमको निधन भएको छ। दोलखाको भिमेश्वर नगरपालिका ३ का गौतमको कोरोना संक्रमणपछि उपचारको क्रममा निधन भएको हो।  

३८ वर्षीय गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।  

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जेठ ९ गते चरिकोट अस्पतालबाट काठमाडौं ल्याइएको थियो।

गौतमका वृद्धा आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी छन्।

प्रकाशित: १६ जेष्ठ २०७८ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App