४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वीरगञ्जमा भएको घटनाको छानबिनका लागि समिति गठन

वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

समितिले वडा नं ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैरव्यावसायिक व्यवहारको छानबिन र आवश्यक कारबाही गर्ने जनाइएको छ।

प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान सुरू गरिसकेको र कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावलीबमोजिम कारबाही गरिने जनाइएको छ। रासस

प्रकाशित: १३ जेष्ठ २०७८ १०:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App