९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रोल्पामा थप ७४ लाई संक्रमण, संक्रमित संख्या ६ सय ७८ पुग्यो

रोल्पामा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा संक्रमितको संख्या ६ सय ७८ पुगेको छ। हालसम्म जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ। कोरोनाबाट ज्यान गुमाउनेको अन्त्येष्टी नेपाली सेनाले गर्ने गरेको छ।

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म ७२ जनाले कोरोना जितेका छन्। अहिले ५ सय ९९ जना होम आइसोलेसनमा छन् भने ७२ जना बिभिन्न आइसोलेसनहरु र अस्पतालमा रहेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७८ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App