५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोरखामा २१ देखि ४० वर्षका संक्रमित धेरै

गोरखामा कोरोना संक्रमितको संख्या पाँचसय नाघेको छ । जिल्ला भित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।  

कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्ला भित्र र बाहिर गरी ८६ जना २१ देखी ३० वर्ष युवा उमेरका संक्रमित भएका छन् । यी मध्ये ४७ महिला र ३९ पुरुष छन् । यस्तै ३१ वर्ष देखि ४० वर्ष उमेरका संक्रमित हुने संख्या ९५ छ । यी मध्ये ३५ जना महिला र ६० जना पुरुष छन् ।  

१० वर्ष उमेर भित्रका संक्रमितको संख्या पाँच बालिका र १० बालक सहित १५ जना संक्रमित भएका छन् । १० देखि २० वर्ष उमेर समुहका २६ जना महिला र २२ जना पुरुष गरी ४८ जना संक्रमित भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।  ४१ देखि ५० वर्ष उमेर समुहका ८९ जना संक्रमित मध्ये ५६ पुरुष र ३३ जना महिला छन् । ५१ देखि ६० वर्ष उमेरका १८ जना महिला र पुरुष ३७ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

२१ जना महिला र १९ जना संक्रमित पुरुष ६१ देखि ७० वर्ष उमेरका छन् । ७१ देखि ८० वर्ष उमेरका ६ जना महिला र ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ८१ देखि ९० वर्ष उमेरका तीन–तीन जना महिला पुरुष गरी छ जना संक्रमित भेटिएका छन् । यो बिवरण मंगलवार सम्म संक्रमित गोरखाका चार सय ५४ जनाको उमेर अनुसारको बिवरण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधवार ८४ जना थपिए सँगै संक्रमितको संख्या पाँचसय नाघेको हो । यी मध्ये पनि अधिकाशं युवा समुहका छन् । 

प्रकाशित: २९ वैशाख २०७८ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App