५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गण्डकी प्रदेश: दुई दिनमा १२ संक्रमितकाे मृत्यु

कोरोना भाइरस संक्रमणले पछिल्लो दुई दिनमा गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सातजना पुरुष र पाँचजना महिला रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका ६ जना रहेका छन् । त्यस्तै म्याग्दीका दुई, रुपन्देहीका दुई, स्याङजा र तनहुँका एक–एकजना रहेको शर्माले बताएका छन् । ती मध्ये एकजनाको होम आइसोलेसन र अरुको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयले बताएको छ । म्याग्दीका एकजनाको बेनीस्थित अस्पतालमा मृत्यु भएको हो ।  

गण्डकी प्रदेशमा अब कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या २ सय ८८ पुगेको निर्देशनालयको भनाई छ । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २३ हजार ८ सय ८४ पुगेको निर्देशनालयले बताएको छ । 

प्रकाशित: २८ वैशाख २०७८ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App