६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा जेठ १० सम्म निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा जेठ १० गतेसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जेठ १० गतेसम्म निषेधाज्ञा थप्नेबारे छलफल गरेका छन्। सो बैठकमा निषेधाज्ञा थप्ने तयारी भएपनि औपचारिक निर्णय भने भोलि बैठक बसेर गर्ने बताइएको छ।  

उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी छ। पहिले एक साताका लागि जारी गरिएको निषेधाज्ञाको समय यसअघि नै वैशाख २९ गतेसम्म थपिएको थियो।

प्रकाशित: २७ वैशाख २०७८ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App