९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रेम्डिसिभिर कालोबजारी गर्ने एक पक्राउ

रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा प्रहरीले एकलाई पक्राउ गरेको छ।

काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका ४ घर भएका २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो।

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले करिब ३० हजार रुपैयाँ मूल्य पर्ने ६ थान रेम्डिसिभिर इन्जेक्सन १ लाख २० हजारमा किनबेच गर्ने भनी बार्गेनिङ गरी बसुन्धाराबाट उनलाई उक्त रेम्डिसिभिर इन्जेक्सनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

मियाले काठमाडौं महाराजगञ्जस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

उक्त फर्मा सिल गरी हाल फरार रहेका दिपकको खोजी भइरहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०७८ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App