२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लामा साना जलविद्युत उद्घाटन, तीनहजार बढी लाभान्वित

भारतीय दूतावासको सहयोगमा बनेको जुम्लाको साना जलविद्युतको भर्चुअलबाट  उद्घाटन गरिएको छ।

जुम्लाका संविधानसभा सदस्य तथा पहलकर्ता ललितजङ शाही र भारतीय दूतावासका प्रमुख सचिव करण बंशलले संयुक्त रुपमा साना जलविद्युतको उद्घाटन गरेका थिए। २०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुर्ननिर्माण गरिएको थियो।

पुर्ननिर्माणको लागि दूतावासले २ करोड ६३ लाख ७७ हजार रुपियाँ सहयोग गरेको थियो । त्यो रकमले विद्युतको दुईवटा जेनेरेटर खरिद गरिएको थियो। अहिले विद्युत गृहमा रहेका दुबै जेनेरेटर चलिरहेका छन् । २ सय २० किलोवाटको क्षमता रहेपछि १ सय ६५ किलोवाट विद्युत बलिरहेको छ।

कार्यक्रममा संविधानसभा सदस्य शाहीले भारतीय सरकारको तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत पुर्ननिर्माणमा गरिएको सहयोग उपलब्धिपुर्ण रहेको बताए।

भारतीय दुतावासका प्रथम सचिव करुण बंशलले कर्णालीको जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताए।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्लाबासीको आग्रह बमोजिम भारत सरकारले विद्युतमा लगानी गरेर पुनर्निर्माणको काम भएकोमा खुसी जनाए।  

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भारतले विद्युतमा गरेको लगानी निकै सान्दर्भिक भएको बताए। कर्णालीको शिक्षा,स्वास्थ्य र विद्युत क्षेत्रमा भारतको चासोप्रति खुसी व्यक्त गरे।  

विद्युत प्राधिकरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले पुनर्निर्माणपछि विद्युत सेवा प्रवाहमा सुधार भएको बताए । जुम्ला जलविद्युतका तीन हजार बढी ग्राहक छन्। 

प्रकाशित: २२ वैशाख २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App