७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय रसुवा। तस्बिरः हिमनाथ/नागरिक

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले सूचना प्रकाशित गरेर मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो। अर्काे सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ। कार्यालयका अनुसार शान्ति सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी सेवा प्रवाह हुने छ।

कार्यालयले मंगलबारदेखि नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नावालक परिचयपत्र वितरण, संघसंस्था र पत्रपत्रिका दर्ता तथा नविकरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण र अन्य अत्यावश्यक सेवाहरू स्थगित गरेको हो।

जिल्लामा हाल कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ। जसमा ५२ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये ४५ जना होम आइसोलेसनमा र ७ जना संस्थागत आइसोलेसनमा बसेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App