७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

धादिङमा वैशाख २१ देखि निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धादिङमा पनि निषेधाज्ञा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङमा आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिने निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार धादिङमा वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा हुनेछ।

निषेधाज्ञाको समयमा विहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न पाइने, होटल तथा रेष्टुरेष्टहरुले सूचना टाँस गरेर टेकअवे सेवा संचालन गर्न पाइने छ।

बैंक, वित्तीय संस्था, बीमा , धितोपत्र, सहकारीले न्यूनत्तम कर्मचारी राखेरसेवा सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको कोभिड १९ संकट व्यवस्थापन केन्दका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए।  

उनले निषेधाज्ञाको क्रममा भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरु संचालन गर्न नपाइने, सभा, सम्मेलन, आमसभा, जुलुस, तालिम गोष्ठी गर्न नपाइने, सार्वजनिक जमघट, धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न नपाइने बताउँदै औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन नपाइने जानकारी दिए।

जिल्लामा हालसम्म दुई सय ५४ जना कोरोनाका सक्रिय बिरामी छन् भने होम आइसोलेसनमा बस्नेको संख्या एक सय ९३ छ। 

प्रकाशित: १९ वैशाख २०७८ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App