१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारले गर्‍यो १२० मुद्दा फिर्ताः मन्त्री, सांसद, मेयरमाथिको मुद्दाबारे सरकार मौन

सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा फिर्ता लिएको हो। जसपाले २४ वटा मुद्दा फिर्ता लिन सरकारलाई विवरण बुझाएको जसपा नेता मनिष कुमार सुमनले जानकारी दिए। अहिले मुद्दा फिर्ता लिइएकामा जसपाले सरकारलाई बुझाएको विवरणका केही महत्वपूर्ण नेताहरुको नाम छैन।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ मा आन्दोलनकारीले महोत्तरीको जलेश्वरस्थित सशस्त्र प्रहरीको जलसागर गणमा कार्यरत असई विकको हत्या गरेका थिए। उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दाजु प्रेमबहादुर विकले असोज १ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा २८ जनाको नाम किटेरै जाहेरी दर्ता गराएका थिए। प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य कौशलकुमार यादव छन्। जलेश्वर नगरपालिकाका मेयर शंकर शाही भनिने रामशंकर मिश्र पनि आरोपित छन्।

सरकारले बुधबार मुद्दा फिर्ता लिएको भनेर सार्वजनिक गरेको नामावलीमा शर्मा, यादव, मिश्रको नाम छैन।

जसपा नेता सुमनका अनुसार २३४ जनाको मुद्दा फिर्ता लिन सरकारलाई नामावली बुझाएकोमा १२० जनाको मात्र मुद्दा फिर्ता भएको छ। टिकापुर, गौर र महोत्तरी घटनाका महत्वपूर्ण नेताहरुमाथिको मुद्दा अझै फिर्ता लिइएको छैन। हामी सरकारसँग सम्पूर्णको मुद्दा फिर्ता लिन लिस्ट नै बुझाइसकेका छौं।

रौतहटको गौर हत्याकाण्डका पनि मुख्य आरोपितमाथिको मुद्दा सरकारले फिर्ता लिएको छैन। टिकापुर घटनाका मुख्य आरोपितहरुमाथिको मुद्दा पनि फिर्ता लिइएको छैन।

सरकारले फिर्ता लिएको मुद्दामा प्रहरी पोष्टमा आगजनी गरेको, प्रहरीको भ्यान तोडफोड गरेको, सार्वजनिक सम्पतीमा क्षति पुर्‍याएकोजस्ताको संख्या बढी छ।

प्रकाशित: १६ वैशाख २०७८ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App