१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१३ का ५० वर्षीय भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नोद नारायण चौधरीले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरका ती पुरुष फोक्सो सुन्निएको र श्वासप्रश्वास प्रणाली अवरोध हुने समस्या भएपछि ११ गते अस्पताल भर्ना भएका थिए । ‘५ गते कोरोना परीक्षण गर्दा कोरोना भाइरस देखिएको थियो,’ उनले भने, ‘त्यसपछि बिरामीलाई अस्पतालमा आवश्यक उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार नभइ बिरामीको मृत्यु भयो ।’  

त्यस्तै भेरीगंगा नगरपालिकाका पुरुषमा पनि श्वासप्रश्वासमा समस्या आएपछि वैशाख ५ गते अस्पताल भर्ना भएका थिए । ‘भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको थियो । बिरामीलाई सोही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत चौधरीले भने । उनलाई ५ गते कोरोना पुष्टि भएको थियो । उनको मंगलबार राति अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित: १५ वैशाख २०७८ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App