४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्युठानमा दुर्घटनाः मृतक संख्या ५ पुग्यो, ४ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

आज बिहान ११ बजे प्युठानमा भएकाे दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको लु१ज १६५५ नम्बरको जिप प्युठानमा दुर्घटना भएको थियो। सो दुर्घटनामा घाइते भएका १२ जनामध्ये गम्भीर अवस्थामा रहेका ४ जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देबीप्रसाद अर्यालले नागरिकन्यूजलाई बताए।

हो। दुर्घटनामा ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका जिपका चालक केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, गुल्मीका कम्प्युटर अपरेटर ३६ वर्षीय सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी र यमलाल पन्थी रहेकाे प्रहरी निरीक्षक अर्यालले बताए।

स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको थियो।

प्रकाशित: १ वैशाख २०७८ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App