१५ चैत्र २०८० बिहीबार
समाज

दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गकोे सुकुटेमा विपरित दिशाबाट आइरहेका यात्रुबस र मोटरसाइकल आपसमा ठोक्किँदा सोमबार एकको मृत्यु भएको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ का ३२ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते उनलाई उपचारको लागि खाडिचौरस्थित सदाबहार अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।  

मोटरसाइकलमै सवार सोही गाउँपालिकाका सोमबहादुर श्रेष्ठ गम्भिर घाइते छन् । प्रहरीका अनुसार उनको राजधानीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । सदावहार, ह्याम्स अस्पताल हुँदै उनलाई नर्भिक पु¥याइएको हो । दुर्घटनामा सामान्य घाइते भएका ६ वर्षीय बालक अनुज श्रेष्ठ सदाबहारमा प्राथमिक उपचारपछि घर फर्केका छन् । उनी पनि मोटरसाइकलमै सवार दिए ।  

काठमाडौँबाट दोलखा जाँदै गरेको बा३ख ९६५८ नम्बरको बस र राजधानीतिर गइरहेको बा५९प ६९८६ नम्बरको मोटरसाइकल बिहान १० बजेतिर आपसमा ठोक्किएका थिए । तीव्र गतिको बसले अर्को बसलाई उछिन्ने क्रममा गलत साइडमा गएर मोटरसाइकललाई ठक्कर दिएको एसपी अधिकारीले बताए । ठक्कर दिने बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित मृततका आफन्तले बन्द गराएको राजमार्ग अपराह्न चार बजेपछि खुलेको थियो ।

प्रकाशित: ३० चैत्र २०७७ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App