६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कालीकोटका ६० वटा वनमा आगलागी

कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ। जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ। जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ।

जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले भने, 'रोकथामका लागि कर्मचारी खटाइएको छ। कति बेला कहाँ आगलागी हुन्छ पत्तै हुँदैन।' धेरै कर्मचारी आगलागी भएको क्षेत्रमा खटिएको र कति हेक्टर क्षेत्रफलमा आगलागी भयो भनेर यथार्थ तथ्याङ्क लिने काम भइरहेको उनले भने।

प्रारम्भिक विवरणअनुसार करीब २०० हेक्टरमा आगलागी भएको छ। सबै कर्मचारी फिल्डबाट फर्किएपछि यथार्थ तथ्याङ्क आउने निमिक्त प्रमुख सन्ज्यालले बताए। कालीकोटमा हाल २ सय २० वटा सामुदायिक वन छन्। उपभोक्ताको असावधानीका कारणले सामुदायिक तथा सरकारी वनमा आगलागी भइरहेको छ।

आगलागी भएका कारणले कालीकोटका वायु प्रदूषण बढेको त्यसले बुढाबुढी तथा बालबालिकालाई असर गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए। उनले मास्क लगाउन र अनाश्यक घर बाहिर नकिस्कन सबैलाई आग्रह गरिएको बताए। रासस

प्रकाशित: ३० चैत्र २०७७ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App