५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

घरायसी झगडामा बुबाको मृत्यु

विराटनगरमा बाबु छोराको घरायसी विवाद हुँदा बुबाको निधन भएको छ। छोरा २५ वर्षीय रवि सहनी मुखियाले धक्दा विराटनगर–७ का ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शनिबार राति कोसी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। 

माइला छोरा रविसँग झगडा हुँदा घाइते भएका विकोको उपचारका लागि अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको र छोरा रवि फरार रहेको डिएसपी राईले बताए। विकोका तीन छोरा र पत्नी छन्। विको परिवारका सदस्यभन्दा अलग्गै बस्दै आएका थिए।

मदिरा व्यापार गर्दै आएका विकोको राति अवेरसम्म पसल खुल्ला रहेपछि पसल बन्द गर्न आग्रह गर्दा बुबा छोराको विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० चैत्र २०७७ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App