२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको खनियावास गा.पा. वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो। २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गा.बि.स.वडा नं.२ हालको खनियावास गा.पा.वडा नं. ३ केवरे देउरालीमा पर्शुराम तामाङलाई ‘तिमिसंग कुरा गर्नु छ’ भनी रोक्न खोजेपछि तामाङ नरोकिई आफ्नो घर तर्फ जाने क्रममा प्रतिवादी घर्ति तामाङ समेतले घेरा हाली खुकुरी, ढुङगा र नाईनस्टिक समेतले प्रहार गरी टाउको र खुट्टमा काटी सख्त घाइते बनाई मराणासन्न अवस्थामा छोडी फरार भएका थिए।  

घाइते तामाङलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। घटना घटाई फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले गत चैत २५ गते ललितपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेकालाई जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  

त्यस्तै खनियावास गा.पा. वडा नं ३ दामन पाख्रिन मार्गको सडक खण्डवाट अवैध सामग्रीसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहत समेतबाट खटिएका प्रहरी टोलीले सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा प्रक्राउ गरेको हो। डुण्डुरेबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ५ ख ६३४५ नम्बरको स्वराज गाडीमा अवैध रुपमा ल्याउँदै गरेको मजिठो ३५९ किलोग्राम, पाखनबेद १०१४ किलोग्राम, चिराईतो १७ किलोग्राम, कालीकाठ दाना (कालीदाना) ८ किलोग्राम, जडिबुटीसहित प्रहरीले प्रक्राउ गरेको हो।

प्रक्राउ पर्नेमा स्वराज गाडी चालक खनियावास गा.पा.वडा नं २ बस्ने ३५ बर्षीय रामकुमार तामाङ र वडा नं. ३ बस्ने अन्दाजी ४७ वर्षको उद्धब सिं तामाङलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय धादिङमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए।

प्रकाशित: २८ चैत्र २०७७ ०७:३९ शनिबार

धादिङ प्रहरी कर्तव्य ज्यान मुद्दा फरार प्रतिवादी पक्राउ