१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

प्रतिष्ठान प्रदेशमा अधिकारी रिपब्लिका शाखामा सुवेदी

बालकृष्ण अधिकारी/अर्जुन सुवेदी

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा नागरिक दैनिकका राजनीति ब्युरो प्रमुख बालकृष्ण अधिकारी निर्वाचित भएका छन्। १४ सय ६७ मतदाता रहेको प्रतिष्ठान प्रदेश समितिमा १३ सय ५८ मत खसेको थियो। त्यसमा अधिकारीले ९ सय ४३ र उनका निकटतम प्रतिद्वन्द्वी उद्धव कार्कीले ३ सय ३१ मत प्राप्त गरेका हुन्।  

त्यस्तै उपाध्यक्षमा वीरेन्द्र ओली, महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, महासचिवमा रामकुमार शाही, सचिवमा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा निर्वाचित भएका छन्। निर्वाचित सबै पदाधिकारी अधिकारी प्यानलका हुन्।  

२१ सदस्यीय कार्यसमितिका सदस्यमा स्वरूप आचार्य, अशोक घिमिरे, बालकृष्ण भट्ट, मुरारी दुलाल, रामचन्द्र अर्याल, शिवराज रेग्मी, शिवहरि घिमिरे, अनिताकुमारी घिमिरे, सञ्जिता खनाल, रमेश टमाटा, ईश्वर चौधरी, राजकपुर महर्जन, दीपेन्द्रकुमार कर्ण र बरकत अली मियाँ (राजु) छन् जो निर्विरोध निर्वाचित भएका हुन्।  

यसैगरी नेपाल पत्रकार महासंघ रिपब्लिका प्रतिष्ठान शाखाको अध्यक्षमा अर्जुन सुवेदी चयन भएका छन्। शाखाको हालै सम्पन्न चौथो अधिवेशनले सुवेदीसहित ६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

प्रतिष्ठान शाखाको उपाध्यक्षमा रघुनाथ लामिछाने, सचिवमा कमल सुवेदी र कोषाध्यक्षमा सुभद्रा धिताल चयन भएका छन्। यस्तै सदस्यहरूमा राजेश खनाल र संगीता श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। शाखाबाट केन्द्रीय परिषद् सदस्यमा टपेन्द्र कार्की र प्रदेश परिषद् सदस्यमा कोषराज कोइरालालाई चयन गरिएको छ।

शाखाका निवर्तमान अध्यक्ष अशोक दाहाल र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँंटेलले नयाँ कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा दाहाल र लुइँटेलले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए।

प्रकाशित: २८ चैत्र २०७७ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App