२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच भएको भेटघाटमा सहकार्यको शुरूआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ।  

अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल नियमित गर्ने सहमतिसमेत भएको जनाइएको छ।      

सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देश फात्माअल खुजैरी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा पनि सहभागी थिए।  

 

प्रकाशित: १२ चैत्र २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App