४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एक जनाको मृत्यु

 पाँचथरको फाल्गुनन्द गाँउपालीका–५ सुलफि भन्ने ठाँउमा जिप दुर्घटना हुदाँ एक यात्रुको मृत्यु भएको छ। यासोकबाट दमकतर्फ गईरहेको जिप कच्ची सडकमा ब्रे फेल भई पल्टीदा इलामको फाकफोकथुम–७ एकतप्पाका २२ वर्षिय पदम लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार दुर्घटनामा परि गम्भिर घाईते भएका लिम्बुलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइएका लिम्बुलाई डाक्टरले मृत्यु घोषणा गरेका थिए। अन्ययात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

मे १ ज ४१६ नम्बरको जिप दुर्घटना भएको थियो। जिप चालक प्रहरी नियन्त्रणमा रहेको जानकारी दिइएको छ।

 

प्रकाशित: ११ चैत्र २०७७ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App