९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बर्थिङ सेन्टरका सुत्केरीलाई भाले कोसेली

बर्थिङ सेन्टरमा गर्भवती भएकालाई भाले कोसेली दिँदै । तस्बिरः नागरिक

स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउन गोरखा नगरपालिका–४ ले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई कुखुराको भाले उपहार दिन सुरु गरेको छ ।  

वडामा रहेको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलालाई वडा कार्यालयले कुखुराको भाले कोसेली पठाएको वडाअध्यक्ष रामशरण अधिकारीले बताए । स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य परिक्षण गराउने गर्भवती र बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलालाई उपहार दिने गरिएको उनले बताए ।  

‘आइतबार एक कार्यक्रमबीच साउनयता वडाभित्र सुत्केरी भएका १३ जना महिलालाई एकएकवटाका दरले भाले दिएर पठायौं,’ उनले भने । गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले सुत्केरी भएका महिलाहरुलाई कोसेली हस्तान्तरण गरेकी हुन्् । ‘यसरी कोसेली दिँदा स्वास्थ्य संस्थामा जाँच गर्नुपर्ने रहेछ भन्ने प्रचार हुन्छ,’ उपाध्यक्ष श्रेष्ठले भनिन् ‘आमा र शिशु स्वास्थ्यकर्मीको निगरानीमा हुने हुँदा थप समस्या आउन पाउँदैन ।’  स्थानीय उत्पादन पनि बिक्री हुने र मासु खानेलाई स्थानीय कुखुराको मासु पोषिलो हुने हुँदा कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढ्ने उनले बताईन ।  

आर्थिक बर्ष २०७७÷७८ मा वडाभित्रका २५ जनालाई भाले दिने लक्ष्य रहेको वडाध्यक्ष अधिकारीले बताए । ‘सुत्केरी भएका बेला पौष्टिक आहार खानुपर्छ भन्ने सन्देश दिन पनि भाले दिने निर्णय भएको हो,’ वडा अध्यक्ष अधिकारीले भने । दुई वर्षअघिदेखि गोरखा नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई पौष्टिक आहार सहितको पोषिलो झोला दिने गरेको छ ।

प्रकाशित: ९ चैत्र २०७७ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App